• शुक्रबार, असोज ९ २०८३

नगरपालिकाले सञ्चालन गर्ने गरी मेयरले किने व्यक्तिगत खर्चमा एम्बुलेन्स


शुक्रबार, मंसिर २६ २०७७
1000
Shares


बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खर्चमा एम्बुलेन्स खरिद गरेका छन्।

नगर प्रमुख नेपालीले नगरकार्यपालिकाको कार्यालयले सञ्चालन गर्ने गरी एम्बुलेन्स खरिद गरेका हुन्।

झण्डै रु ४० लाख पर्ने एम्बुलेन्स भन्सार छुटमा साढे रु ११ लाखमा खरिद गरेर नगरपालिकालाई हस्तान्तरणको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले बताए।

पश्चिम बागलुङमा एम्बुलेन्स सेवा नहुँदा सर्वसाधारण मर्कामा थिए। स्थानीय तहको निर्वाचनमा नेपालीले व्यक्तिगत खर्चमै भए पनि एम्बुलेन्स खरिद गर्ने वाचा गरेका थिए।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स बिग्रिएपछि आपत्कालीन समयमा नगरपालिकाले छिमेकी बडिगाड गाउँपालिकासँग सहयोग माग्ने गरेको थियो। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार