प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बैठकले मंसिर २९ गतेको प्रदर्शनमा सहभागी हुन कार्यकर्ताहरुलाई आह्वान गरेको छ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पूर्वपदाधिकारी सहितको बैठकले मंसिर २९ मा ७७ जिल्लाको प्रदर्शनमा सहभागिताका लागि कार्यकर्तालालाई आह्वान गरेको हो।
वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा २९ गतेको प्रदर्शनको तयारीबारे छलफल भएको बताए।
‘२९ गतेको लागि हामीले ७७ वटै जिल्लामा जुन र्याली निकालेर अहिलेको सरकारको दमन नीतिलाई विरोध गर्नेबारेमा छलफल भएको हो’, बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता पौडेलले भने।
उनले ७७ वटै जिल्लामा प्रदर्शन गर्ने गरी छलफल भएको जानकारी दिए।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाको महामारीमा पनि सरकारको ध्यान भ्रष्टाचारमा केन्द्रित रहेको भन्दै प्रदर्शन भ्रष्टाचारको विरुद्धमा केन्द्रित हुने बताए। उनले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पोडेल लगायतका कांग्रेस कार्यकर्ताको गिरफ्तारीको विरोध गर्न जनाए।