काठमाडौं । कोरोना महामारीपछि बन्द भएको नेपाल एयरलाइन्सको काठमाडौं र दिल्लीबीचका उडान पुनः शुरु हुने भएको छ ।
कोभिड–१९ का कारण गत चैतदेखि प्रभावित हुँदै आएको एयरलाइन्सको उडान केहीदिन भित्रै पुनः सञ्चालनमा आउने भएको हो ।
नेपालस्थित भारतीय राजदूतावासले दिल्ली–काठमाडौं नियमित निर्धारित उडान पुनः सुचारु गर्न दुई देश बीच ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ अनुमोदन गरिएको बिहीबार जनाएको छ ।
हालका लागि एयर ट्रान्सपोर्ट बबल मेकानिज्म अनुसार उडान गर्न लागिएको हो। सो व्यवस्था अनुसार ती उडानमा नेपाल र भारतका नागरिकहरु मात्र उड्न पाउने छन्।