• शुक्रबार, असोज ९ २०८३

विप्लवलाई व्यक्ति हत्या छाडेर शान्तिपूर्ण मार्गमा आउन कांग्रेसको आग्रह


बिहिबार, मंसिर २५ २०७७
800
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई व्यक्ति हत्याको बाटो छाडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको छ।

विप्लवलाई अनैतिक तथा हिंसाको बाटो छाडेर शान्तिपूर्ण मार्गमा आउन कांग्रेसले आग्रह गरेको हो।

आज सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो आग्रह गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

हालै मोरङमा विप्लव समूहले एक जना शिक्षकको हत्या गरेको थियो। उक्त पार्टीले विज्ञप्तिसमेत निकालेर हत्याको जिम्मेवारी लिएको थियो।

विप्लव समूहले शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको थियो।यसबाहेक आजको बैठकमा मंसिर २९ गते हुने देशव्यापी प्रदर्शनबारे पनि छलफल भएको थियो।

क्रियाशील सदस्ता र जनसम्पर्क समितिबारे पनि छलफल भएको प्रवक्ता शर्माले जानकारी दिए। सरकारले विप्लव समूहका गतिविधिलाई प्रतिवन्ध लगाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार