• आइतबार, साउन ३१ २०८३

प्रधानमन्त्रीलाई बाबुरामको प्रस्ताव : भ्रष्टाचार नियन्त्रणमा साच्चै इमान्दार हो भने सबै काण्डको निष्पक्ष छानबिन गरौँ


बिहिबार, मंसिर २५ २०७७
805
Shares

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा इमान्दार नभएको भन्दै पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आरोप लगाएका छन्।

पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै प्रधानमन्त्री ओलीले भन्दै आएको ‘म भ्रष्टाचार गर्दिनॅ अरूलाई पनि गर्न दिन्न’ भन्ने कथनलाई लोक कथासँग तुलना गरेका हुन्।

प्रधानमन्त्री ओलीले ‘म भ्रष्टाचार गर्दिनॅ, अरूलाई पनि गर्न दिन्न’भन्दा सबैले सुनेको कथामा बालकले पुलिसलाई– ‘हाम्रा बाउ घ्याम्पामा लुकेका छैनन्’ भनेजस्तो सुनिदो रैछ’, उनले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्।

डा. भट्टराईले प्रधानमन्त्री भ्रष्टाचार नियन्त्रणमा साच्चै इमान्दर हो भने यती, ओम्नी सेक्युरिटी प्रिन्टिङ, वाइडबडी लगायतका काण्डको निष्पक्ष रुपमा छानविन गर्न प्रस्ताव गरेका छन्।

‘साच्चै इमान्दार हो भने आजै यति, ओम्नी, सेक्युरिटी प्रिन्टिङ, वाइडबडी, बुढीगण्डकी लगायत सबै काण्डको निष्पक्ष छानवीन गरौं न त !’, प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै गरेको भिडियो ट्विटरमा सेयर गर्दै डा. भट्टराइले लेखेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार