काठमाडौं । नेकपा विवाद उत्कर्षमा पुगेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
दुई नेताबीच पौने १ घण्टा बालुवाटारमा भेटवार्ता भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुुगलले पुष्टि गरे ।
अध्यक्षद्वयबीच आगामी स्थायी समिति बैठकका विषयमा केन्द्रित रहेर छलफल भएको सापकोटाले जानकारी दिए। यद्यपी भेटबाट कुनै निष्कर्ष नआएको उनले बताए।
दुई नेताबीच गत २० भेटवार्ता भएको थियो । नेकपामा दुई नेताबीच प्रतिवेदनको विषयलाई लिएर किचलो छ ।