प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्।
भोली मंगलबार बिहान ११ बजे बस्ने गरी सो बैठक बोलाइएको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो।
‘यो बेला बेला हुँदै आएको हो। प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो,’ थापाले भने।
यसअघि भारतसँगको सीमा विवादमा राष्ट्रिय सहमति कायम गर्नका लागि यस्तै बैठक आह्वान गरिएको थियो।