• आइतबार, साउन १० २०८३

२८ गते फेरी बस्ने गरी सकियाे नेकपा स्थायी समिति बैठक


आइतबार, मंसिर २१ २०७७
725
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको अर्को बैठक २८ गते बस्ने भएको छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावमाथि छलफल गर्न आइतबार बैठक बसेको थियो।

बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, पत्र जुहारी वितरण गरिएको थियो। त्यसलाई अध्ययन गर्नको लागि अर्को बैठक २८ गते बस्ने भएको हो।

आजको बैठकमा जम्मा ४५ सदस्य उपस्थित थिए।

नेकपाको ४४ जना स्थायी समिति सदस्य र पाँच जना आमन्त्रित समेत गरी ४९ जना सदस्य छन्।

आइतबारको बैठकमा ४५ जना उपस्थित थिए। तर आज पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी भएनन्।

कडा सुरक्षा व्यवस्था गरिएको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले अहिलेसम्म पार्टीमा देखिएका विवाद, समस्याका विषयमा लामो सम्बोधन गरेका थिए।

त्यस्तै नेकपाको केन्द्रीय समिति बैठक ५ गते बस्ने भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार