• शुक्रबार, असोज ९ २०८३

विप्लव समूहका जिल्लास्तरीय नेता पक्राउ


आइतबार, मंसिर २१ २०७७
1K
Shares

नेकपा विप्लव समूहको शिवराज नगरपालिकाको नगर सचिब पक्राउ परेका छन्। शिवराज नगरपालिका वाड नं २ हल्लानगरमा ‘बिकल्प’ भन्ने गणेश थारु पक्राउ परेका हुन्।  

स्थानीय सुनमाया घर्ति मगरको घरमा लुकिछिपी बसेको अवस्थामा बाणगंगा नगरपालिका-३ सिउटीका खोजतलासकाक्रममा पक्राउ गरिएको प्रहरी निरीक्षक प्रेम रेग्मीले बताए।

उनको साथबाट नेकपा विप्लव समूहसंग सम्बन्धित विभिन्न दस्ताबेजहरु बरामद हुन आएकोले निजलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ल्याई थप अनुसन्धान कार्य भईरहेको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार