• शुक्रबार, असोज ९ २०८३

नेकपा स्थायी समिति बैठक सुरु, अध्यक्ष ओली आएनन्


आइतबार, मंसिर २१ २०७७
790
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ।

आइतबार दिउँसो सुरु भएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका छैनन्।

दिउँसो १ बजेका लागि तय भएको बैठकमा साढे १ बजेसम्म पनि अध्यक्ष ओली नआएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सुरु गरेका हुन्।

ओली बाहेकका अन्य नेताहरु बैठकमा आएका छन्। स्थायी समितिमा ४४ जना सदस्य रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार