गोरखा । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार प्रहरीले गरेको गिरफ्तारी बिरुद्ध गोरखाको पालुंटारमा राँके जुलुस निकालिएको छ ।
नेपाली काँग्रेस पालुंटार नगरसमितिको आयोजना बिहिबार साँझ ठाँटीपोखरीमा राँके जुलुस सहित बिरोध गरिएको बताइएको छ ।
कार्यक्रममा पार्टीका नगरसभापति दिपकबाबु कडेंलले केपी ओली सरकारले वदनियतपूर्वक नेता पौडेललाई पक्राउ गरेको आरोप लगाए । पुल उद्घाटन कार्यक्रममा प्रशासन र प्रहरीको आडमा सरकारले हस्तक्षेप गरेको भन्दै सभापति कडेंलले सरकारका पछिल्ला गतिविधीले जनता आजित भएको बताएका छन् ।
त्यस्तै कार्यक्रममा नेपाल बिधार्थी संघ पालुंटार इकाईका अध्यक्ष अनिल थपलियाले ओली सरकारले आफ्नो ब्यवहार नसच्याए युवा चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन् । शासन पद्धती र विधिका लागि दशकौदेखि लडेका नेता पौडेललाई त्यही विधिको आडमा प्रशासन लगाएर गिरफ्तार गर्नु निन्दनिय भएको थपलियाले बताए ।
राँके जुलुस पार्टीका नगर सचिव विमल ढकालको नेतृत्वमा भएको पाललुंटारबाट हरि प्रसाद सोडारीले जानकारी दिए ।