• आइतबार, साउन १० २०८३

काँग्रेसलाई कमजोर नठान्न गोरखाबाट ओली सरकारलाई तरुणको चेतावनी


बिहिबार, मंसिर १८ २०७७
725
Shares

गोरखा । नेपाली काँग्रेसलाई कमजोर आँकलन गर्नु केपी ओली सरकारको गम्भिर भुल भएको गोरखाका तरुण नेताहरुले बताएका छन् । हिजो बुधबार तनहुँमा पुल उद्घाटनका क्रममा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तारी गरेर सरकारले पतनको बाटो रोजेको बताउदै नेपाल तरुण दल गोरखाका अध्यक्ष आनन्द गुरुङ काजीले काँग्रेसलाई कमजोर नठान्न चेतावनी दिएका हुन ।

बिहिबार गोरखा सदरमुकाममा बिरोध सभालाई सम्बोधन गर्दै गुरुङले तरुण युवाहरुले चाहे जुनसुकै बेला सरकारलाई घुँडा टेकाउन सकिने बताएका छन् । दुई तिहाईको दम्भमा सरकारले झुटा मुद्धा लगाउने, तर्साउने र धम्क्याएर पक्राउ गर्ने काम तत्काल बन्द नगरे जस्तो सुकै परिस्थिती सृजना हुने र त्यसको सामना गर्न सरकारलाई तयार रहन चेतावनी दिदै तरुण दलका अध्यक्ष गुरुङले सरकारले प्रशासन र सुरक्षाकर्मीको दुरुपयोग गरेको बताए ।

बिरोध सभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ गोरखाका अध्यक्ष सुवास अधिकारीले वदनियतपूर्वक ओली सरकारले नेता पौडेललाई पक्राउ गरेको आरोप लगाए । राणा र राजा फालेको काँग्रेसलाई नजिस्काउन चेतावनी दिदै अधिकारीले आफ्नै पार्टी मिलाउन नसक्ने ओलीले काँग्रेसलाई तह लगाउछु भन्नु हास्यास्पद भएको तर्क गरे ।

सरकारका पछिल्ला गतिविधीले जनता आजित भएको उनले बताएका छन् । त्यस्तै उनले ओली सरकारले आफ्नो ब्यवहार नसच्याए युवा चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन् । शासन पद्धती र विधिका लागि दशकौदेखि लडेका नेता पौडेललाई त्यही विधिको आडमा प्रशासन लगाएर गिरफ्तार गर्नु निन्दनिय भएको अध्यक्ष अधिकारीले बताए ।

गोरखामा तरुण दल र नेविसंघको आयोजनामा भएको बिरोध ¥याली बसपार्कदेखि, बैंक रोड, शक्तिचोक, कालीमाटी हुदै हरमटारीमा आएर कोण सभा भएको नेविसंघ गोरखाका सचिव मिलनसिंह बस्न्यातले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार