Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार साँझ पौडेललाई रिहा गरेको हो । प्रहरीले दिउँसो तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट पौडेललाई प्रहरीले पक्राउ गरेको थियो।
पौडेलले रिहा भएपछि कोणसभामा बोल्दै बिहीबार बिहान पुल उद्घाटन गरिने जानकारी बताए । सरकारले शक्ति दुरूपयोग गरेको प्रतिक्रिया पौडेलले दिए ।
पौडेललाई बुधबार दिउँसो निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न गएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। पौडेललाई पक्राउ गरेको विरोधमा नेपाली कांग्रेसऽ पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतका नेताहरूले विरोध गरेका थिए ।