• आइतबार, साउन १० २०८३

रासायनिक मल अभाव छैन : कृषि मन्त्रालय


बुधबार, मंसिर १७ २०७७
3.5K
Shares

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशका कुनै पनि ठाउँमा मल अभाव नभएको दावी गरेको छ । गहुँ, तोरी तथा तरकारीका लागि आवश्यक मल उपलब्ध रहेको भन्दै हल्लाको पछि नलाग्न मन्त्रालयले पत्रकार सम्मेलन मार्फत आग्रह गरेको छ ।

‘धेरै मात्रामा मल उपलब्ध भएर वितरण भईरहेका छन्, खरिद भइसकेका मल पनि निरन्तर मुलुकमा भित्री रहेको छ’, कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले भने । कृषि समाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमार्फत डीएपी, पोटास र युरिया मलको वितरण भइरहेको पनि सचिव कार्कीले बताए ।

मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनसँग युरिया १८ हजार मेट्रिक टन, १३ हजार मेट्रिक टन डीएपी मौज्दात रहेको र ३० हजार मेट्रिक टन युरिया छिटै ल्याउने मन्त्रालयले जनाएको छ ।

त्यस्तै कृषि सामग्री कम्पनीसँग ३०० मेट्रिक टन पोटास, १३ हजार ८२१ मेट्रिक टन डीएपी, १२ सय मेट्रिक टन युरिया रहेको छ । उसले ९ हजार ७०४ मेट्रिक टन पोटास, ३० हजार मेट्रिक टन युरिया र १० हजार मेट्रिक टन डीएपी नेपाल भित्रिँदै गरेको पनि मन्त्रालयको दावी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार