• आइतबार, साउन १० २०८३

रामचन्द्र पौडेलकाे गिरफ्तारीबारे बाेले सभापति देउवा


बुधबार, मंसिर १७ २०७७
690
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेमाथि तनहुँमा दुर्व्यवहार र गिरफ्तार गरिएको भन्दै आपत्ति जनाएका छन्।

बुधबार एक विज्ञप्ति प्रकाशित गरी सभापति देउवाले सो घटनालाई निन्दनीय भन्दैसरकारको प्रवृत्ति विरुद्ध देशब्यापी प्रतिरोध गर्ने चेतावनी दिएका छन्।

तनहुँ जिल्लाको ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल उद्घाटन गर्न गएका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको पौडेलले केहीबेर अघि फेसबुकमार्फत जानकारी गराएका थिए।

पुल उद्घाटन गर्ने क्रममा सत्तारुढ नेकपाका कार्यकर्ताहरुले अवरोध गर्ने प्रयास गर्दा भएको झडपपछि नेता पौडेल र कांग्रेस तनहुँका कार्यबहाक सभापति जीतप्रकाश आलेलाई नियन्त्रणमा लिएको थियो। तनहुँमा अहिले निषेधाज्ञा जारी गरिएको छ।

कांग्रेस सभापति देउवाले पौडेललाई तत्काल ‘रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न’ चेतावनी दिएका छन्।

‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु’ विज्ञप्तिमा भनिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार