• आइतबार, साउन १० २०८३

गोरखामा सांसदका अधिकांश योजना र बजेट कार्यकर्ता केन्द्रित


बुधबार, मंसिर १७ २०७७
810
Shares

गोरखा । गोरखाका सांसदहरुले चालु आ.बको बजेट बाँडफाड गरेका छन् ।

प्रदेश सभा अन्र्तगतका ४ निर्वाचन क्षेत्र र प्रतिनिधि सभाका २ निर्वाचन क्षेत्रमा प्रतिनिधित्व गर्ने सबै सांसदहरुले आफूले खर्च गर्न पाउने रकम विनियोजन गरिसकेका छन् । प्रदेश सरकारबाट उपलब्ध २/२ करोड रुपैयाँले हरेक निर्वाचन क्षेत्रमा २५/२५ योजना छनौट गरिएको छ ।

संघ सरकारबाट प्राप्त हुन स्थानीय पूर्वाधार साझेदारी बिकास कार्यक्रम अन्र्तगत दुई वटा निर्वाचन क्षेत्रमा ३०/३० वटा योजना बनाइएको छ । जिल्लाका सबै सांसदहरुको रकम बाँडफाँड हेर्दा कार्यकर्ता केन्द्रित योजनाहरु बढि देखिन्छ ।

समय सांसदका योजना सबै भन्दा धेरै प्राथमिकता सामुदायीक भवनले पाएको देखिन्छ । महिला, आमा, तथा युवा क्लवका भवन बनाउन लाखौं रकम खर्च गर्ने गरिएको छ ।

वर्षमा १/२ दिन खुल्ने त्यस्ता भवनमा गरिएको लगानी बालुवामा पानी सरह छ ।

‘कसरी आफ्ना कार्यकताले खान पाउँछन्, उनीहरुलाई कसरी खुसी बनाउन सकिन्छ भनेर बढि योजना बनाएको देखिन्छ,’ एक आलोचकले भने, ‘उल्फाको धनमा फुपुको श्राद्ध यसरी देशको बिकास कसरी होला ?’

कनिका छरे जस्तो धेरै योजनामा थोरै रकम बिनियोजन गर्नु भन्दा बढि महत्वका योजनाहरुमा उपर्युक्त रकम छुट्याउन सकेमात्र बिकासले गति लिने देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार