• शनिबार, साउन ३० २०८३

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा


बुधबार, मंसिर १७ २०७७
790
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको बताएका छन्।

बुधबार गृहजिल्ला तनहुँकाे व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पुलको उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

व्यास नपा वडा नं। १ र १०, ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धाटन गर्ने क्रममा विवाद नेकपा र कांग्रेस कार्यकर्ताबीच विवाद तथा झड्प भएपछि तनहुँ प्रहरीले पौडेलसहित तनहुँ कांग्रेसका कार्यबहाक सभापति जीतप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पुल उद्घाटनको विषयलाई लिएर सत्तारुढ नेकपाका कार्यकर्ताले विरोध गरेपछि दमौली बजारमा मध्यान्ह १२ बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरिएको थियो।

पौडेलले निषेधाज्ञाको उल्लंघन गर्दै कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार