• शुक्रबार, असोज ९ २०८३

सुरक्षा खतरा रहेको भन्दै प्रधानमन्त्री ओली पार्टी कार्यालय जान मानेनन्


मंगलबार, मंसिर १६ २०७७
900
Shares

सुरक्षा खतरा रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय जान अस्वीकार गरेपछि नेकपा सचिवालयको बैठक बालुवाटार सारिएको छ।

सुरक्षा निकायहरुले धुम्बाराहीस्थित पार्टी कार्यालय सुरक्षाको जोखिम रहेको सूचना दिएको भन्दै प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलमार्फत कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष जानकारी पठाएका थिए।

सुरक्षाका निकायहरुले धुम्बाहारीमा सुरक्षा जोखिम रहेको भन्ने सूचना प्रधानमन्त्रीलाई दिएको र महासचिव पौडेल सो कुरा कार्यकारी अध्यक्ष प्रचण्डलाई जानकारी गराउनु भएपछि बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको हो,’ एक सचिवालय सदस्यले भने

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार