• आइतबार, साउन १० २०८३

राजावादीलाई बाबुराम भट्टराईको चेतावनी : गणतन्त्र रक्षा गर्न नाति पुस्ता जन्मिसकेको छ है !


मंगलबार, मंसिर १६ २०७७
2.5K
Shares

जनता समाजवादी पार्टीका नेपाल संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको रक्षा गर्न नाति पुस्ता जन्मिसकेको चेतावनी दिएका छन्।

राजावादीले देशका विभिन्न स्थानमा शक्ति प्रदर्शन गर्न थालेपछि डा. भट्टराईले सामाजिक सञ्जालमार्फत निरन्तर खबरदारी गरेका हुन्।

यसै क्रममा पछिल्लोपटक उनले सोमबार ट्विटरमार्फत ती प्रदर्शनलाई ०१७ सालका योगी नरहरिनाथको भद्दा नक्कलको संज्ञा दिएका हुन्।

‘यौटै शैलीमा देशका प्रमुख सहर र काठमाडौंमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले ०१७ सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रस्टै छ,’ उनले लेखेका छन्, ‘तर यो २१औं शताब्दी हो, ससार्वभौम बनेका जनता फेरि दासतामा फर्कने छैनन्। हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नाती पुस्ता जन्मिसकेको छ है !’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार