• आइतबार, साउन १० २०८३

नेकपा सचिवालय बैठक धुम्बाराहीमा, ओलीलाई प्रचण्डले जवाफ दिने


मंगलबार, मंसिर १६ २०७७
640
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ । यसअघि प्रधानमन्त्रीको सरकारी निवासमा बस्दै आएको सचिवालय बैठक आज दिउँसो एक बजे धुम्बाराहीमा बस्ने तय भएको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण बालुवाटारमा स्थायी कमिटी र सचिवालयको बैठक बस्दै आए पनि मंसिर १३ को सचिवालय बैठकले आज धुम्बाराहीमा बैठक बस्ने तय गरेको हो । आजको बैठकमा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेश गरेका डकुमेन्टहरुमाथि छलफल हुनेछ । शनिबारको बैठकमा ओलीले ३८ पृष्ठको डकुमेन्ट पेश गरेका थिए ।

उक्त डकुमेन्ट अध्ययन गरेर प्रचण्डले आज जवाफ दिने तयारी गरेको खुमलटार स्रोतले जनाएको छ । तर, जवाफ लिखित हुने वा मौखिक भन्ने तय भइनसकेको जनाइएको छ । स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले भने जवाफ लिखित नै हुनसक्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार