गोरखा । जिल्लाका धार्मिक स्थलहरु खोल्न नेपाल विद्यार्थी संघ शहिद लखन गाउँपालिकाले माग गरेको छ । देशकै चर्चित धार्मिकस्थल मनकामना मन्दिर खुलाउन पहल गरिदिन संघले प्रशासनसंग माग गरेको हो ।
नेपाल बिद्यार्थी संघ शहिद लखन गाउँपालिका इकाईका अध्यक्ष अबिन श्रेष्ठले आज आइतबार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई ज्ञापन पत्र बुझाएको हुन ।
इकाईले प्रजिअ भट्टराईलाइ ज्ञापन पत्र बुझाउदै बन्दाबन्दीले शहिद लखन भित्रको मठ, मन्दिर, चर्च, गुम्बा, मस्जिद लगायतका अन्य धार्मिक स्थलहरु बन्द हुदा स्थानियको रोजिरोटी गुमेको भन्दै आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराई खुला गर्न माग गरेको हो ।
बन्दका कारण ब्यापार, ब्यवसाय तथा उद्योग र साँस्कृतिक गतिविधी सून्य प्राय भएको भन्दै अवस्था सहज बनाइदिन माग गरिएको इकाइ अध्यक्ष श्रेष्ठले बताए । कोभिडका बिचमा अहिले क्याम्पस, विद्यालय, ब्यापार, ब्यवसाय, उद्योग एवं साँस्कृतिक गतिविधिहरु सुरक्षाका उपाय अपनाएर सञ्चालनमा’ रहेको भन्दै मन्दिर सञ्चालनका लागि संघले प्रशासनलाई समन्वय र सहयोग गरिदिन विज्ञप्तीमा भनिएको छ ।