• आइतबार, साउन १० २०८३

उद्योग वाणिज्य महासंघको निर्वाचन आज


शनिबार, मंसिर १३ २०७७
860
Shares

उद्योगी/व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज शनिबार हुँदै छ। बिहान साढे ८ बाट सुरु हुने मतदान दिउँसो ४ बजेसम्म चल्ने छ।

महासंघको विधानअनुसार नयाँ अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत: निर्वाचित हुँदै छन्।

अबकाे वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहति चुनावी प्रतिस्पर्धामा छन्।

चैतमै हुनपर्ने याे निर्वाचन कोरोना महामारीका कारण ढिला गरी अहिले गरिएकाे हाे। 

कोरोना जाेखिमकै कारण मतदान पनि ३ स्थानमा राखिएका छन्। एकपटकमा २५ जनाभन्दा बढी लाइनमा बस्न नपाउने व्यवस्था गरिएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन्। 

आजको निर्वाचनको लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमानमा छन्।

महासंघको निर्वाचनमा ३ किसिमको मतदाता रहेका छन्। जिल्ल नगर, एसोसिएट र वस्तुगत रहेका छन्। सबैभन्दा धेरै मतभार जिल्ला नगरको हुने छ जसमा ५० प्रतिशतको मतभार हरेको छ। त्यस्तै गरि एसोसिएटनबाट ३० प्रतिशत र वस्तुगत तर्फबाट २० प्रतिशतको मतभार रहनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार