गोरखा । नेपाल टे«ड युनियन काँग्रेसमा आवद्ध यातायात मजदुरहरुको पहिलो भेला सम्पन्न भएको छ । नेपाली काँग्रेस निकट यातायात मजदुरहरुको भेलाले शंकर श्रेष्ठको अध्यक्षतामा नेपाल यातायात मजदुर संघ गोरखा गठन गरेको छ ।
जसको उपाध्यक्षमा कञ्जनकुमार श्रेष्ठ, सचिवमा कृष्ण कोइराला, सहसचिवमा राजेन्द्र ढकाल र कोषाध्यक्षमा मोहन बोगटी चयन भएका छन् ।
रामशरण थापा, मिलन सुनार, हिराकुमार श्रेष्ठ र रामचन्द्र श्रेष्ठलाई सदस्यको जिम्मेवारी दिइएको छ । मिनबहादुर बाँनिया, डम्बर आर्चाय, भरत दानी र प्रभु मल्ल सल्लाहकार चयन भएका छन् ।
नेपाल टे«ड युनियन काँग्रेस गोरखाका अध्यक्ष सरद श्रेष्ठको अध्यक्षतामा तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सभापती हरिबहादुर घले, महासमिति सदस्य एवं गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, टे«ड युनियन काँग्रेसका उप महासचिव ईश्वर परियार, ट्रेड युनियन बिभागका केन्द्रिय सदस्य नबिन श्रेष्ठ, टे«ड युनियन काँग्रेसका जिल्ला उपाध्यक्ष रामशरण आर्चाय, सहसचिव नवराज तिवारी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले नेकपाले आफूलाई मजुदुर किसानको पार्टी भन्ने गरेको तर सरकारमा रहँदा पनि उनीहरुको पक्षमा केही काम नगरेको आरोप लगाएका छन् ।
कोरोनाको कारण हजारौं मजदुर श्रमिकहरु भोकभाकै मर्ने अवस्था आउँदा बर्तमान सरकार सत्ता मोजमस्तीमा लागेको नेता पाण्डेको दाबी छ ।