गोरखा । कोरोना संक्रमणले नेपाली जनता छटपटाइरहेका बेला पनि सरकार टुलुटुलु हेरेर बसेको नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले बताएका छन् ।
अजिरकोट गाउँपालिका ४ सिम्जुङमा आयोजित एक कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता पाण्डेले कोरोना नियन्त्रण र रोकथामको काममा सरकार पूर्ण रुपले असफल भएको दाबी गरेका हुन् ।
केही दिन अघि मात्र संक्रमणमुक्त भएका पाण्डेले जनता मृत्यु शैयामा भएको बेला नेकपाका नेताहरु सत्ताको जोड घटाउमा लाग्नु निकै दुखद भएको बताए ।
अहिले नेपाली काँग्रेस सरकारमा जाने कुनै सम्भावना नरहेको भन्दै बाहिर आएका हल्लाको पछि नलाग्न उनले सबैलाई आग्रह गरेका छन् । काँग्रेसले प्रतिपक्षमै बसेर गुण र दोषको आधारमा सरकारको समर्थन र बिरोध गर्ने भन्दै उनले नेकपाको आन्तरिक राजनितिले काँग्रेसलाई कुनै प्रभाव नपार्ने प्रतिक्रिया दिएका छन् ।
नेपाली काँग्रेस सिम्जुङका सभापती देवीदत्त दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापती सुकदेव दवाडी, सचिव नन्दप्रसाद न्यौपाने, महासमिति सदस्य एव गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, अजिरकोट गाउँपालिका अध्यक्ष फणिन्द्रप्रसाद धिताल, जिल्ला सदस्य धुव्र पन्त, क्षेत्रिय सभापती गोबिन्द गुरुङ्ग, महिला संघकी कल्पना दुवाडी नवप्रवेशी रेअन बसेल, रेशम घले लगायतले मन्तव्य मन्तव्य राखेका थिए ।