• आइतबार, साउन १० २०८३

ओली मलाई पनि धेरै मनपर्ने मान्छे हुन् : डा.बाबुराम भट्टराई


मंगलबार, मंसिर ९ २०७७
1.5K
Shares

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अग्रगमनको मुख्य बाध्यक ओली–प्रवृत्ति भएको आरोप लगाएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले व्यक्तिका रूपमा प्रधानमन्त्री ओली आफूलाई पनि ज्यादै मनपर्ने मान्छे भएको तर ओली–प्रवृत्ति देशका लागि निकै खराब भएको टिप्पणी गरेका हुन्।

‘आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन, ओली प्रवृत्ति हो। व्यक्तिका रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन्,’ डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर ओली प्रवृत्ति यतिबेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक हो। अग्रगमनको मुख्य बाधक हो। यो एउटा पार्टीको मुद्दा मात्र हैन। कुनै पनि बहानामा यसलाई काँध थाप्ने गल्ती नगरौं!’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार