• आइतबार, साउन १० २०८३

मंसिर १८ मा बोलायो नेकपाले स्थायी समिति बैठक


बुधबार, मंसिर ३ २०७७
785
Shares

सत्तारुढ दल नेकपाले स्थायी समितिको बैठक बोलाएको छ।

पार्टीभित्र तीब्र विवाद बढ्दै गएपछि बुधबार दिउँसो बसेको सचिवालयको बैठकले स्थायी समितिको बैठक मंसिर १८ गते बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थित बैठकले केन्द्रीय समितिको बैठकको मिति पर सारेको छ। यसअघि मंसिर १५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक अब भने मंसिर २५ गते बस्ने प्रवक्ता श्रेष्ठले बताए।

शुक्रबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष ओलीको कार्यशैली र सरकार सञ्चालनका विषयमा १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार