• आइतबार, साउन १० २०८३

अमेरिकाद्वारा नेपाललाई १०० थान भेन्टिलेटर सहयोग


शुक्रबार, कार्तिक २८ २०७७
970
Shares

काठमाडौं । कोभिड १९ विरुद्धको लडाईमा सहयोग पुर्‍याउन अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी)मार्फत दिइएको भेन्टिलेटर अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तानतरण गरेका छन् । अति दुर्गम क्षेत्रका समुदायको उपचारमा सहयोग पुगोस् भनेर भेन्टिलेटर सहयोग गरेको राजदूत बेरीले बताए ।

स्वास्थ्यमन्त्री ढकालका अनुसार अमेरिकाले दिएको १०० वटा भेन्टिलेटरमध्ये सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ७/७ वटाका दरले वितरण गरिने छ । बाँकी हरेक सरकारी अस्पताललाई दुई—दुईवटाका दरले दिइने छ । उनले प्राप्त भेन्टिलेटर शुक्रबार १२ बजेबाट नै विरतण सुरु गरिएको बताए ।

भेन्टिलेटरका अतिरिक्त युएसआइडीले देशका १ सय १३ पालिकामा संक्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको छ । अहिलेसम्म २० लाख परिवारलाई टेलिफोनमार्फत परामर्श समेत दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार