• आइतबार, साउन १० २०८३

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको उपचार खर्च सरकारले व्यहोर्ने


बिहिबार, कार्तिक २७ २०७७
655
Shares

काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पोडेलले जानकारी दिएका छन् ।

केसीलाई बुधबार संक्रमण पुष्टि भएको थियो । ८० वर्षीय केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

निमोनिया देखिएका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसीको लामो समय उपचार गर्नुपर्ने देखिएको जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार