• आइतबार, साउन १० २०८३

चीनलाई कांग्रेस नेता शाहीको चुनौती : नेपालको सीमा नमिचेको प्रमाण देऊ


बिहिबार, कार्तिक २७ २०७७
910
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन बहादुर शाहीले चीन सरकारलाई एक इन्च पनि नेपाली भूमि नमिचिएको प्रमाण पेश गर्न चुनौती दिएका छन् ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले नेपाल—चीन सम्बन्ध बिगार्न हुम्लामा सीमा मिचिएको भनी गलत हल्ला फैलाउने काममा कांग्रेस नेता शाहीको प्रमुख भूमिका रहेको आरोप लगाउँदै समाचार छापेको थियो।

त्यसलगत्तै कर्णाली प्रदेशको प्रमुख विपक्षी दलका नेतासमेत रहेका शाहीले विज्ञप्ति जारी गरी चीन सरकारलाई नेपाली भूमि अतिक्रमण नभएको प्रमाण पेस गर्न चुनौती दिएका हुन्।

‘चीन सरकारले लगाएका सम्पूर्ण मिथ्या आरोपलाई खारेज गर्छु,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘नेपालको एक इन्च भूमि पनि नमिचिएको प्रमाण पेस गर्न चीन सरकारलाई चुनौती दिन्छु।’

शाहीले प्रकाशित गरेको प्रेस विज्ञप्ति :

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार