• शनिबार, साउन ३० २०८३

नेकपा सचिवालय बैठक शुक्रबार चार बजे


बिहिबार, कार्तिक २७ २०७७
820
Shares


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि (शुक्रबार) अपरान्ह चार बजे बोलाइएको छ ।

पार्टी महासचिव विष्णु पौडेलले दुई अध्यक्षसँगको परामर्शमा शुक्रबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय गरेको नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले बताएका छन्।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएका थिए ।

अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित पाँच सचिवालय सदस्यले कात्तिक २३ गते र गत मंगलबार पनि तत्काल सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार