• शनिबार, साउन ३० २०८३

विश्वमै सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहेका खालिफाको निधन


बुधबार, कार्तिक २६ २०७७
725
Shares

काठमाडौं । बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको ८४ वर्षको उमेरमा निधन भएको छ।

बहराइनमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहेर काम गरेका खलिफाको अमेरिकामा उपचारको क्रममा निधन भएको बहराइनको समाचार संस्था बहराइन न्युज एजेन्सीले बुधबार जनाएको छ।

उनी विश्वमै सबैभन्दा बढी सयम प्रधानमन्त्री पद सम्हाल्ने व्यक्ति भएको अल्जजिराले जनाएको छ। खलिफा सन् १९७० मा बहराइनका प्रधानमन्त्री बनेका थिए। हालसम्म पनि उनी प्रधानमन्त्री थिए।

मायो क्लिनिक हस्पिटलमा खलिफाको मृत्यु भएको बताइएको छ। उनको मृत्युको कारणबारे हालसम्म बहराइनको राजदरबारले कुनै विषय सार्वजनिक गरेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार