• आइतबार, साउन १० २०८३

कारागारबाट विप्लवका कार्यकर्ता फरार


बुधबार, कार्तिक २६ २०७७
825
Shares

काठमाडौं । कारागारबाट विप्लव समूहका एक कार्यकर्ता फरार भएका छन् ।

बुधबार बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा रहेको कारागारबाट छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ५ का प्रविन धामी फरार भएका हुन् ।

राष्ट्रिय सार्वजनिक सम्पदा विरुधको कसुरमा सजाय भोगीरहेका धामी बुधबार बिहान ६ बजेतिर कारागारको आइसोलेन कक्षबाट फरार रहेको कारागार जेलर झलक रोकायाले जानकारी दिए ।

कोरोना पोजेटिभ भएकाले उनलाई कारागारको आइसोलेन कक्षमा राखिएको थियो । सो मौका छोपी धामी फरार भएको उनको भनाइ छ ।

विप्लव समूहको नेकपाका कार्यकर्ता धामीलाई प्रहरीले यही कात्तिक १८ गते पक्राउ गरी हिरासतमा राखेको नवौ दिनमा फरार भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार