• शनिबार, साउन ३० २०८३

किमाथांका पुगे प्रधानमन्त्री ओली


बुधबार, कार्तिक २६ २०७७
945
Shares

काठमाडौं । केही आयोजनाको निरीक्षण तथा अनुगमनका लागि प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभास्थित नेपाल–चीन सीमा क्षेत्र किमाथांका पुगेका छन्।

बुधबार बिहान सेनाको हेलिकोप्टरमार्फत प्रधामन्त्री ओली किमाथांकामा पुगेका हुन्।

प्रधामन्त्री ओलीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, संखुवासभाका सांसदद्वय राजेन्द्र गौतम र परशुराम मेघी गुरुङ लगायतको टोली रहेको छ।

प्रधानमन्त्री ओलीले त्यहाँ चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका १ मा पर्ने किमाथांकाका साथै सीमा सुरक्षा पोस्ट (बीओपी) का लागि निर्माणधीन भवन, भन्सार कार्यालय र सुक्खा बन्दरगाहलगायत अवलोकन गर्ने कार्यक्रम रहेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

त्यस्तै प्रधानमन्त्री ओलीले बहुचर्चित ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पनि अनुगमन गर्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार