• आइतबार, साउन १० २०८३

वामदेव विरुद्धको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ


बुधबार, कार्तिक २६ २०७७
675
Shares

काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बनाउने की नबनाउने भनी सर्वोच्च अदालतमा गरिएको रिटविरुद्ध आज सुनुवाइ हुने भएको छ।

गौतमको सांसदको योग्यता सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो ।अधिवक्ता दिनेश त्रिपाठीले सो रिट सर्वोच्चमा दायर गरेका हुन्।

न्यायाधीश तथा अदालतमा कार्यरत् केही कर्मचारीहरुमा कोरोना भएको लगायतका कारण सो रिटमाथिको सुनुवाइ केहि दिनदेखि सरिरहेको थियो।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा बर्दियाबाट पराजित गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन् ।

निर्वाचनमा पराजित व्यक्ति राष्ट्रिय सभामार्फत् संसदमा पुगेपनि मन्त्री बन्न पाउने कि नपाउने भन्ने विषयमा परेको रिट अदालतमा विचाराधीन रहेका कारण गौतम मन्त्री बन्ने बाटोसमेत छेकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार