• शनिबार, साउन ३० २०८३

नेकपा विवाद : प्रचण्डसहित पाँच नेता बैठकका लागि फेरि जुटे


मंगलबार, कार्तिक २५ २०७७
810
Shares

काठमाडौं । सत्तारुढ नेकपाभित्रको पार्टी विवाद चुलिदै गएको छ । पार्टी विवादबारे छलफल गर्न आज पनि कार्यकारी पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्यहरु पार्टी कार्यालय धुम्बाराही पुगेका छन्।

यसअघिको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई तत्काल बैठक बोलाउन आग्रह गर्दै पत्र बुझाएपनि ओलीले बैठक नबोलाएपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न सचिवालयका ५ नेताको बैठक पुनः बसेको हो । 

बैठकमा प्रचण्डसहित सचिवालय सदस्यहरु माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी छन् । बैठकअघि प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार