• शनिबार, साउन ३० २०८३

नेकपामा विवाद चुलियो, आजै बोलाए प्रचण्डले सचिवालय बैठक


मंगलबार, कार्तिक २५ २०७७
750
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किदै गर्दा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सचिवालयको बैठक बोलाएका छन् ।

अध्यक्ष प्रचण्डले मंगलबार दिउँसो ४ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने गरी सबै सचिवालय सदस्यलाई खबर पठाएको स्रोतले बतायो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमति लिनका लागि लिखित पत्र बुझाएको ३ दिन हुँदा पनि बैठकका विषयमा ठोस प्रस्ताव नआएपछि कार्यकारी अधिकार प्रयोग गर्दै प्रचण्डले बैठक बोलाएको एक सचिवालय सदस्यले जानकारी दिए ।

सचिवालय बैठक राख्ने पक्षमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु एकमत भएका छन् ।

यसअघि शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक बसेको थियो ।

त्यसको भोलिपल्ट अर्थात शनिबार बहुमत सचिवालय सदस्यले बैठकको सहमतिका लागि अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई लिखित पत्र नै बुझाएका थिए ।

उनीहरुले दिएको समय सीमा सोमबार सकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार