• आइतबार, साउन १० २०८३

गोकुल बाँस्कोटाले भने : प्रधानमन्त्रीमाथि खतरनाक कारबाहीको प्रतिक्षा गरौँ


मंगलबार, कार्तिक २५ २०७७
790
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका विश्वाशिला पात्र पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन्।

मंगलबार बिहान सामाजिक सञ्चाल ट्वीटमार्फत व्यंग्यात्मक शैलीमा उनले ओलीमाथि कारबाही हुने कुरो पत्यार नलागे पनि प्रतिक्षा गरिरहेको बताएका छन्।

‘जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे,’ मंगलबार बिहान ट्विट गर्दै बाँस्कोटाले भनेका छन्, ‘भर्खरै सुनाए। पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब।’

नेकपाको शीर्ष नेतृत्वमा बढ्दै गएको विवादले पार्टी फुटको संघारमा पुगेको बेला बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार