• शुक्रबार, असोज ९ २०८३

ओलीले बोलाए नेपाललाई बालुवाटार


आइतबार, कार्तिक २३ २०७७
845
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ।

आइतबार दिउँसो प्रधानमन्त्री ओलीसँग वार्ताका लागि नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तलाई लिएर नेता नेपाल बालुवाटार गएका हुन्।

प्रधानमन्त्रीको सचिवालयले आइतबार बिहान प्रधानमन्त्रीले छलफल गर्न चाहेको बताएपछि नेता नेपाल आफू निकट तीन स्थायी कमिटिका सदस्यका साथ बालुवाटार गएको स्रोतले बतायो।

प्रधानमन्त्री ओली र नेता नेपालबीच दिउँसो १ बजेबाट छलफल शुरु भएको नेता नेपाल निकट स्रोतले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार