काठमाडौं । कोरोना भाइरसबाट संक्रमित डा. बाबुराम भट्टराई र उनकी पत्नी अझै निको भएका छैनन्।
आइतबार बिहान फेसबुकमा दुवै जना सँगै रहेको तस्बिर सार्वजानिक गर्दै डा.भट्टराईले लेखेका छन्, ‘बूढाबूढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै। लडाइँ केही लामै होला जस्तो पो छ त!’
उनीहरूलाई यही कात्तिक ८ गते कोरोना पुष्टि भएको थियो।