• शुक्रबार, असोज ९ २०८३

पूर्वसांसद वीरबहादुर लामाको निधन


आइतबार, कार्तिक २३ २०७७
845
Shares

काठमाडौं । पूर्वसांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ।

७० वर्षिय लामाको आइतबार बिहान ४ बजे पाटन अस्पतालमा निधन भएको छोरी श्रमिक लामाले जानकारी दिएकी हुन्।

उनले २०३३ सालमा नख्खु जेल बिद्रोह गरेका थिए। उनी २०४९ सालमा जिबिस मकवानपुर सभापति रहेर पनि काम गरेका थिए।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामा पछिल्लो २ वर्षदेखि नियमित डायलाइसिस गराइरहेका थिए।

निमोनिया भएपछि गत सोमबार लामालाई पाटन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो भने बिहीबारदेखि भेन्टिलेटरमा राखिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार