• आइतबार, साउन १० २०८३

प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई


आइतबार, कार्तिक २३ २०७७
795
Shares


काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको नव निर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान ट्वीटरमा बाइडन र ह्यारिसलाई मेन्सन गर्दै लेखेका छन्, ‘शानदार र ऐतिहासिक जितको लागि तपाईंहरुलाई बधाई छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउनका लागि अमेरिकाको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने आशा व्यक्त गर्दछु ।’

डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकाको राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएका छन् । उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरेका छन् । बाइडनकै तर्फबाट उपराष्ट्रपति पदमा कमला ह्यारिस निर्वाचित भएकी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार