• शुक्रबार, असोज ९ २०८३

प्रधानमन्त्री ओलीसँग भारतीय सेना प्रमुख नरवणेको भेट


शुक्रबार, कार्तिक २१ २०७७
920
Shares

काठमाडौं । तीन–दिने नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष नरवाणेले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका हुन्।

भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव भरत पौड्याल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा लगायत उपस्थित थिए।

तीन—दिने भ्रमण पुरा गरी नरवणे आजै भारत फर्किने तयारीमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार