• आइतबार, साउन १० २०८३

बाबुराम भन्छन्, ‘दालमा कालो छ है !’


शुक्रबार, कार्तिक २१ २०७७
605
Shares


काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयमा आपत्ति जनाएका छन् ।यस्तो निर्णय गर्नुमा उनले केही गडबडीको आशंका समेत गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले आज सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्, यो स्वीकार्य छैन! दालमा कालो छ है! सबैले प्रतिवाद गरौं! खबरदार!!

संयुक्त राष्ट्र संघमा देशरराज्यका नाम उनीहरूको संविधानराज्यप्रणाली अनुरूप हुने आम प्रचलन भएको भन्दै उनले सोही अनुसार नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ राखिएको उल्लेख गरेका छन् ।

गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत निकायमा जारी परिपत्रबाट खुलासा भएको थियो ।

कानून मन्त्रालयबाट गत असोज २८ मा जारी परिपत्रअनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को स्थानमा ‘नेपाल’ मात्र लेख्नुपर्ने भएको छ । त्यसैगरी, अंग्रेजीमा ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरेकोमा ‘एनइपीएएल’ मात्र लेख्ने क्याबिनेटबाट निर्णय भएको कानून मन्त्रालयको परिपत्रमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार