• आइतबार, साउन १० २०८३

कोरोना संक्रमित कानुनमन्त्री शाहलाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइने


शुक्रबार, कार्तिक २१ २०७७
1.1K
Shares


काठमाडौँ । कोरोना संक्रमित सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदैछ ।

मन्त्रालयका प्रवक्ता तेज प्रकाश जोशीले मन्त्री शाहलाई थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइने तयारी भएको पुष्टि गरे । मन्त्री शाहलाई गत कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्री शाहको सेती प्रादेशिक अस्पतालको कोरोना स्थायी अस्पतालमा उपचार भइरहेपनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि काठमाडौँ पठाउन लागिएको प्रवक्ता जोशीले जानकारी दिए ।

नाकबाट रगत बग्न थालेपछि मन्त्री जोशीलाई बिहीबार मात्र अस्पताल भर्ना गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार