• आइतबार, साउन १० २०८३

ओलीलाई प्रचण्डको प्रश्न : कसले माग्यो तपाईंको राजीनामा ?


बिहिबार, कार्तिक २० २०७७
645
Shares


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता धएको छ ।

५ दिनपछि बिहीबार अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डसँगको सम्वादमा ओली पार्टी कमिटीको बैठक राख्न सहमत नभएका हुन् ।

श्रोतका अनुसार बिहीबारको भेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले बुधबार आफ्नो राजीनामा मागिएकाबारे दिएको अभिव्यक्ति के हो ? भनेर प्रश्न गरेका थिए । ‘तपाईले राजीनामा मागियो भनेर बेप्रशांगिक कुरा गर्नुभएछ बुधबार, तर अहिले कसैले राजीनामा नै मागेको छैन’, ओलीसँगको संवादपछि प्रचण्डले आफु निकट एक स्थायी समिति सदस्यसँग बताएका छन् ।

‘स्थायी समिति बैठकका निर्णय नै कार्यन्वयन गरौं भनेर मैले बारम्बार भन्दै आएको छु । साथीहरुको भनाई पनि त्यही छ । तर तपाईले त राजीनामा मागियो भनेर जुन प्रचार गर्नुभएछ त्यो ठिक होइन’, प्रचण्डको भनाई थियो । प्रचण्डले पुनः स्थायी समितिको निर्णय कार्यन्वयन गरे समस्या समाधान हुने भन्दै यस्ता बकम्फुसे कुरा नगर्न ओलीको ध्यानाकर्षण समेत गराएका थिए ।

प्रदेश १ को भर्चुअल बैठकतर्फ संकेत गर्दै यस्ता छलफलभन्दा पार्टीको बैठक बोलाउनुपर्ने बताएका छन् । सचिवालय बैठक बसेर छलफल गर्नुपर्ने उनको जोड थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले तपाईंहरुले पनि यस्ता छलफल गर्नु भएकै छ भनेका थिए । पार्टीको बैठक बोलाउन विषयमा दुई अध्यक्षबीच सहमति हुन नसकेको स्रोतको दाबी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार