• शुक्रबार, असोज ९ २०८३

प्रधानसेनापतिले भारतीय सैनिकलाई पठाए नेपालमै निर्मित एक लाख मेडिकल मास्क


बिहिबार, कार्तिक २० २०७७
665
Shares

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय सेनाको लागि नेपालमै निर्मित एक लाख थान मेडिकल मास्क पठाएका छन् ।

नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोज नरवणेमार्फत थापाले मास्क पठाएका हुन् ।

सैनिक प्रवक्ता तथा सहायकरथी सन्तोष बल्लभ पौडेलका अनुसार बिहीबार सैनिक मुख्यालय जंगी अड्डामा नरवणेको सम्मानमा आयोजित एक समारोहका बीच प्रधानसेनापति थापाले भारतीय सैनिकका लागि भन्दै आफ्ना समकक्षीलाई एक लाख थान मास्क हस्तान्तरण गरेका हुन् ।

समारोहमा प्रधानसेनापति थापाले शान्तिको प्रतिक भगवान बुद्धको प्रतिमा समेत सेनाध्यक्ष नरवणेलाई प्रदान गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार