• शनिबार, साउन ३० २०८३

भारतीय सेनाध्यक्षद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण


बिहिबार, कार्तिक २० २०७७
880
Shares

काठमाडौं । नेपाल भम्रणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेले नेपाली सेनालाई भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।

उनले बिहीबार जंगी अड्डामा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

नेपालस्थित भारतीय दूतावासका अनुसार नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, आईसीयू भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसिया मेसिन, एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्री प्रदान गरेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार