• शनिबार, साउन ३० २०८३

भारतीय सेनाध्यक्षलाई कालो झण्डा देखाउन खोज्ने विप्लवका दुई कार्यकर्ता पक्राउ


बिहिबार, कार्तिक २० २०७७
935
Shares

काठमाडौं । तीनदिने नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई कालो झण्डा देखाउन खोज्ने विप्लव समुहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङका खेम प्रधान र बर्दियाका टिकाराम चौधरी रहेका छन्। उनीहरुलाई काठमाडौँको बागबजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

भारतीय सेनाध्यक्षको भ्रमणका क्रममा हुन सक्ने अप्रिय घटनालाई लक्षित गर्दै प्रहरीले गरेको सर्च अप्रेसनमा उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

उनीहरुले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको विरोधमा कालो झण्डा देखाउने तयारी गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीको भनाई छ।

उनीहरुको साथबाट विप्लव समूहका दस्तावेजसमेत फेला परेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले पक्राउ गरी उनीहरुलाई नेपाल प्रहरीको जिम्मा लगाएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार