• आइतबार, साउन १० २०८३

ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड


बिहिबार, कार्तिक २० २०७७
885
Shares

काठमाडौं । सत्तारु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।झण्डै एक सातापछि बिहीबार प्रचण्ड ओली भेट्न बालुवाटार गएको बालुवाटार स्रोतले पुष्टि गरेको छ ।

यसअघि पार्टी कमिटीको बैठक बोलाउन नमानेको ओलीले पार्टी बैठकका निर्णय समेत नमान्ने बताएका थिए ।

उनले पार्टी नै अलग गर्ने प्रस्ताव गरेपछि नेकपामा तरंग उत्पन्न भएको अवस्थामा आजको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार