• आइतबार, साउन १० २०८३

भारतीय सेनाध्यक्ष नरवणेले जंगी अड्डा परिसरमा रोपे ओखरको बिरुवा


बिहिबार, कार्तिक २० २०७७
785
Shares

काठमाडौं । तीन दिन नेपाल भम्रणका लागी आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाको मुख्यालयमा ओखरको विरुवा रोपेका छन्।

बिहीबार बिहान जंगी अड्डा हाताभित्र उनले ओखरको विरुवा रोपेको सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले बताए।

त्यसअघि उनले सैनिक मञ्चको वीर स्मारिकामा पुष्पगुच्छा अर्पण गर्दैै वीर सहिदहरुप्रति सम्मान अर्पण गरेका थिए। त्यसपछि सैनिक मुख्यालय पुगेका उनलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ।

नरवणेले जंगी अड्डा निरीक्षण गरेका छन्। अहिले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता भइरहेको छ। त्यसपछि उनले सेनाका उच्च अधिकारीहरुसँग भेटघाट गर्ने छन्।

त्यसपछि नेपाली सेनालाई सहयोग स्वरुप चार वटा एम्बुलेन्स र स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन्।

दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गर्ने कार्यक्रम छ।

त्यसलगतै शीतल निवासमै राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटघाट गर्नेछन्।

शीतल निवासको कार्यक्रम सकिएपछि भारतीय सेना प्रमुख नरवणेको सम्मानमा प्रधानसेनापति थापाले रात्रिभोजको आयोजना गर्नेछन्। रात्रिभोजसँगै बिहीबारको कार्यक्रम सम्पन्न हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार